
बाँके २८ कात्तिक ।
जंगलमा गाई चराउन गएका बाँके नरैनापुर गाउँपालिका ४ पण्डितपुर्वा निवासी लखन गडरियालाई बाघले खाएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरले जनाएको छ ।
२५ गते गाई चराउन जंगल गएका गडरिया नफर्केपछि स्थानीयले खोजतलास गरेका थिए । तर, उनी कतै नभेटिएपछि आफन्तले शनिबार इलाका प्रहरी कार्यालय भोजभगवानपुरमा निबेदन दिएका थिए । प्रहरीले खोजी गर्दा गएराती जंगलमा गडरिया र एउटा गाई मृत भेटिएको थियो । स्थानीयले घटनास्थल वरपर बाघ कराएको सुनेको बताएका छन् ।

नरैनापुरको पर्यटकस्थल गोवद्र्धन धामदेखि ५ किलोमिटर पूर्वतिर जंगलमा गडरियाको शव फेला परेको हो । उनको पिँठ्युको भाग बाघले खाएको छ । घाँटी र शरीरका अन्य भागमा नंग्राले कोतरेको पाइएको प्रहरीको बताएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा शव फेला परेको प्रहरीले बताएको छ ।