बर्दियाबाट पराजीत भएका नेकपाका उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभाका सदस्यमा सरकारबाट मनोनित भएका सांसदको रुपमा आज सपथ ग्रहण गरेका छन् । सपथ ग्रहण पछि पत्रकार संग संक्षिप्त प्रतिक्रिया दिदै सांसद गौतमले राष्ट्रिय सभाको प्रतिष्ठा गिराउने काम नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले राष्ट्रिय सभामा गरिमा बढाउनका लागि राष्ट्रिय सभामा आएको आफु आएको धारणा समेत व्यक्त गरेका छन् । ‘म राष्ट्रिय सभामा यसको गरिमा बढाउनको निम्ति नेपालको संविधान बमोजिम, राष्ट्रिय सभाको नियमावलीबमोजिम मैले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नका निम्ति आएको छु। मैले यो सभाको सदस्य रहँदासम्म कहिल्यै पनि राष्ट्रिय सभाको गरिमा र यसको प्रतिष्ठा गिराउने गरी कुनै क्रियाकलाप गर्ने छैन,’ उनले भने। गौतमले राष्ट्रिय सभा सदस्यको भूमिका निर्वाह गर्दा नेपालको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, सार्वभौम अधिकार र नेपाली जनताप्रति सधैं बफादार भएर कर्तव्य निर्वाह गर्ने बताए । सांसद गौतम ६ महिना लामो प्रयास पछि राष्ट्रिय सभाको सांसदमा मनोनित भएका हुन ।
ताजा समाचार
लोकप्रिय
© 2023, All right reserved to Hapure Khabar
Made with ❤️ By Gorkhaly Labs